• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भुवनेश्वरी विद्यामन्दिर र नव बाल बाटिका विजयी
खेलपाटी संवाददाता
सोमबार, माघ २३, २०७९ खेलपाटी संवाददाता
भुवनेश्वरी विद्यामन्दिर र नव बाल बाटिका विजयी

धनगढी ।  कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी र नव बालबाटिका विद्या मन्दिर बौनिया विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतन धनगढीलाई ४ रनले पराजित गर्दै भुवनेश्वरीले विजयी सुरुवात गरेको हो । उसको जितमा टिम कप्तान खगेन्द्र ठगुन्नाले अलराउण्ड प्रदर्शन गरे । उनले ब्याटिङमा ३२ रन र बलिङमा ३ विकेट लिए ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भुवनेश्वरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन जोड्यो । १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको शारदा विद्या निकेतन २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन मात्र बनाउन सक्यो । उसका लागि दीपक रोकायाले २६ र कृष्ण भट्टले २१ रन बनाए । बलिङ तर्फ भुवनेश्वरीका खगेन्द्र ठगुन्नाले ३ विकेट लिए ।

त्यस अघि भुवनेश्वरीको ब्याटिङमा खगेन्द्र ठगुन्नाले ३२ रनको पारी खेले । उसका प्रकाश पाण्डेले २२ र लोकेश जोशीले १८ रन बनाए । बलिङ तर्फ शारदाका हृदय बिठारीले २ विकेट लिए ।
खेलको प्लेयर अफ दी म्याच खगेन्द्र ठगुन्ना चुनिए ।

आजै भएको दोस्रो खेलमा नव बालबाटिका विद्या मन्दिर बौनियाले वेष्टन क्रिष्टल एकेडेमी धनगढीलाई ९० रनले पराजित गर्यो ।

टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रनको विशाल योगफल तयार पारेको थियो । १ सय ८९ रनको लक्ष्य पछ्याएको वेष्टन क्रिष्टल एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो । वेष्टनका लागि नीरज ऐरले २४ र आशिष् लुहारले १६ रन बनाए । बलिङ तर्फ बाल बाटिकाका वीर बहादुर घर्ती मगरले ३ र प्रकाश जैशीले २ विकट लिए ।

त्यस अघि पहिलो इनिङमा बाल बाटिकाका लागि नेपाली यु–१९ राष्ट्रिय टिमका सदस्य समेत रहेका प्रकाश जैशीले २६ बलमा ७ छक्का र ६ चौकासहित अविजित ७८ रनको विस्फोटक पारी खेले । उसका आशिष् ओलीले ४३ र विराट सिंह भण्डारीले ३७ रन बनाए । बलिङ तर्फ वेष्टन क्रिष्टलका रोशन थापाले २ विकेट लिए ।
खेलको प्लेयर अफ दी म्याच प्रकाश जैसी चुनिए ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP