ईफ्तिखारले हाने एकै ओभरमा छ छक्का
आइतबार, २२ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । पाकिस्तान ब्याटर ईफ्तिखार अहमदले एकै ओभरमा छ छक्का प्रहार गरेका छन् ।
पाकिस्तान सुपर लिग(पीएसएल)को तयारी स्वरुप भएको क्वेटा ग्लाडियर्स र पेशावर जाल्मी बीचको अभ्यास खेल क्वेटामा जारी रहेको छ ।
यस खेलमा क्वेटाका लागि खेलिरहेका अहमदले पाकिस्तानका तीव्र गतिका बलर वाहब रियाजलाई एकै ओभरमा छ छक्का प्रहार गरेका हुन् ।
४४ बलमा ५८ रनमा खेलिरहेका ईफ्तिखारले अन्तिम ओभरमा रियाजका छ बलमा छ छक्का प्रहार गरेका हुन् ।
एकै ओभरमा छ छक्का प्रहार गर्ने अहमद छैठौं खेलाडी भए पनि यो कुनै मान्यता प्राप्त खेल नभएकाले यसको कीर्तिमान औपचारीक होईन ।
एकै ओभरको छ छक्काको सहयोगमा ईफ्तिखारले ५० बलमा ९४ रन बनाए ।
ईफ्तिखारको ९४ रनको सहयोगमा क्वेटाले १ सय ८४ रन बनायो ।
#ईफ्तिखारले हाने एकै ओभरमा छ छक्का







-1766479491057.jpeg&w=3840&q=75)






-1766541370309.webp&w=3840&q=75)
