डोना फ्रेन्ड्समा अनुबन्धित
आइतबार, माघ २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब फ्रेन्ड्सले मिडफिल्डर डोना थापालाई अनुबन्ध गरेको छ ।
फ्रेन्ड्सले आईतबार सामाजिक संजालबाट डोनालाई अनुबन्ध गरिएको जनाएको छ ।
फ्रेन्ड्सले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि डोनालाई चौथो खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
डोनाले अघिल्लो सिजन थ्री स्टार क्लबबाट खेलेका थिए ।
यस अघि फ्रेन्ड्सले गोलकिपर विशाल सुनार,फरवार्ड राजेश परियार र मिडफिल्डर रुपेश केसीलाई अनुबन्ध गरेको थियो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।
#डोना फ्रेन्ड्समा अनुबन्धित







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)