स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा
बुधबार, मंसिर ४, २०८२खेलपाटी संवाददाता

काठमाडौं। स्विजरल्यान्डले लगातार छैटौंपल्ट विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ।
कोसोभोसँग बराबरी खेल्दै टोलीले समूह ‘बी’ विजेता बन्दै २०२६ को विश्वकपको यात्रालाई सुरक्षित बनाएको हो।
उत्कृष्ट अवस्थासहित मैदान उत्रिएको स्विस टोलीलाई पाँच गोलले हार खानुपरे मात्रै अप्ठ्यारो पर्थ्यो। त्यसैले बराबरीले नै उनीहरूको स्थान पक्का गरिदियो। पहिलोपटक विश्वकप खेल्ने लक्ष्यमा रहेको कोसोभोले पहिले नै दोस्रो स्थान सुनिश्चित गरिसकेको थियो।
यसै समूहमा नेसन्स लिगमार्फत प्लेअफमा पुगिसकेको स्विडेनले स्लोभेनियासँग १–१ को बराबरी खेल्यो। पहिले नै बाहिरिएका ग्रीस र बेलारुसबीचको खेल गोलरहित बराबरी नतिजामा टुंगियो।






-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)