कुन्वरवर्तीको एकतर्फी जित
बुधबार, मंसिर ४, २०८२खेलपाटी संवाददाता

बुटवल। रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगितामा गर्ल्सतर्फ कुन्वरवर्ती स्कूलले अक्सफोर्ड सेकेन्डरी स्कुललाई ६–० अन्तरले पराजित गर्दै एकतर्फी जित हात पारेको छ।
अर्को खेलमा शान्ति नमुना मावि र लुम्बिनी वर्ल्डबीचको प्रतिस्पर्धा १–१ को बराबरीमा टुंगिएको छ। बोइजतर्फ न्यू होराइजन इंग्लिस बोर्डिङ स्कूल १–४ ले सिद्धार्थ मोडर्न स्कूलसँग पराजित भयो।
त्यस्तै बुटवल पब्लिक स्कूल ०–४ ले जनज्योति माध्यमिक विद्यालयसँग हार बेहोर्यो। अर्को खेलमा स्कलर्स होम र लुम्बिनी वर्ल्ड स्कूलबीचको प्रतिस्पर्धा १–१ गोलको बराबरीमा सकिएको छ।
यस्तै, बोइजतर्फ समूहकै अर्को खेलमा कुन्वरवर्ती स्कूल १–४ ले सिद्धार्थ इंग्लिस बोर्डिङ स्कूलसँग पराजित भएको छ।










-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)