विराटनगरको सानदार जित
-1763473683107.jpeg&w=3840&q=75)
काठमाडौं। लोकेश बम र मार्टिन गप्टिलको शतकीय साझेदारीसँगै कीर्तिमान कायम भएको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा विराटनगर किङ्सले सानदार जित हात पारेको छ।
मंगलबार सम्पन्न खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको हो।
विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्र बनायो। यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य हो।
पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए। ३१ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे। ओपनर एडम रोसिङ्टनले ३९ रन बनाए।
विराटनगरका प्रतीश जिसी, मर्चेन्ट डे लाङ्गे, शुभम रञ्जिते र सन्दीप लामिछानेले समान २ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थियो।
विराटनगरका ओपनर लोकेशले सर्वाधिक ७२ रन बनाए। ४८ बल खेलेका उनले १ चौकासहित ७ ५क्का प्रहार गरे। गप्टिलसँग उनले शतकीय साझेदारी गरे। मार्टिनले ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रन बनाए।
शुभम रञ्जनेले ३८, बसीर अहमदले २३ रन बनाउँदा नरायण जोशी ११ रनमा अविजित रहे।
पोखराका म्याट टेलरले सर्वाधिक २ विकेट लिए। आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले समान १ विकेट लिए।






-1763457989968.jpeg&w=3840&q=75)



-1763450218248.jpg&w=3840&q=75)

