रोमाको सहज जित
आइतबार, माघ २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमाले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रोमाले इम्पोलीलाई २-० गोल अन्तरले हराएको हो ।
रोमाको जितमा रोजर इबानेज र टामी अब्राहमले एक एक गोल गरे ।
खेलको दोस्रो मिनेटमा रोजरले गोल गर्दै रोमालाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको छैटौं मिनेटमा अब्राहमले गोल गर्दै रोमालाई २-० को जित दिलाए ।
जितसँगै रोमाले २१ खेलमा ४० अंक जोडेको छ ।
रोमा तेस्रो स्थानमा रहेको छ ।
इम्पोली २६ अंक जोडेर १० औं स्थानमा रहेको छ ।
रोमाको सहज जित







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)