लिटल फ्लावर प्रिमियर लिगको ट्रफी सार्वजनिक
कैलाली । धनगढीमा शनिबारबाट सञ्चालन हुने विद्यालय स्तरीय यू–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग अर्थात् एलपीएलको तयारी पूरा भएको छ ।
आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आज फाप्ला क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।
सोही अवसरमा प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष विक्रम विष्टले ट्रफी सार्वजनिक गरेका हुन् ।
ट्रफी सार्वजनिक गर्दै विष्टले यो प्रतियोगिताले उमेर समूहका खेलाडी उत्पादनमा महत्त्वपूर्ण टेवा पु¥याएको बताए ।
‘एलपीएल वास्तवमै ग्रास रुटमा खेलाडी उत्पादनको राम्रो प्लेटफर्म बन्न सफल भएको छ, विष्टले भने, ‘अहिले यसै प्रतियोगिताबाट उत्पादन भएर राष्ट्रिय टिममा परिसकेका खेलाडी समेत हाम्रै अघि उदाहरणका रूपमा छन् ।’ उनले यी लगायत यस्ता अन्य प्रतियोगिताको संरक्षण र बढवा दिनुपर्नेमा जोड दिँदै क्रिकेट सङ्घ त्यसका लागि सबै सहयोग गर्न तत्पर रहेको बताए ।
सो क्रममा आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
‘उद्घाटन समारोहका लागि गर्नुपर्ने तयारी बाहेक प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पूराभएको छ’, शाहीले भने, ‘यो प्रतियोगितालाई थप परिष्कृत र व्यवस्थित बनाउँदै लैजाने हाम्रो प्रयास जारी छ । त्यसमा विगत जस्तै यो र आगामी संस्करणमा पनि यहाँहरूको महत्पूर्ण सहयोग रहने हामीले अपेक्षा राखेका छौँ ।’
प्रतियोगिताको भोलि बिहान साढे १० बजे एक समारोहकाबिच उद्घाटन गरिने छ । प्रदेश प्रमुख देवराज जोशीले एलपीएलको सातौँ संस्करणको उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ ।
यस संस्करणमा १० टिमको सहभागिता रहेको छ । फाप्ला क्रिकेट मैदानमा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।






%20(1)-1771145193825.jpeg&w=3840&q=75)



-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

