कांग्रेस महामन्त्री शर्माको क्यान अध्यक्ष चन्दलाई प्रश्न, 'न्यायको नियम पालना गर्नु पर्दैन?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दा विचाराधीन अवस्थामा रहेको बेला बन्द प्रशिक्षण सामेल गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन्।
महामन्त्री शर्माले क्यान अध्यक्ष चतुर बहादुर चन्दलाई फोन गरेर अप्पति जनाएका हुन् । महामन्त्री शर्माले सामाजिक संजाल ट्वीटरबाट सन्दीपको विषयमा क्यान अध्यक्षलाई फोन गरेको बताएका छन् ।
‘क्यान अध्यक्षलाई फोनमा सोधेँ–खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नु पर्दैन?,’ शर्माले लेखेका छन्, ‘खेलकुदमन्त्री प्रधानमन्त्री नै हुनुहुन्छ। ध्यानाकर्षण गराउँछु–कि सही भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौँ, हतारको गल्ती सच्याऊँ भन्नुस्। मौनता जिम्मेवार जवाफ हुन्न।’
सन्दीप शुक्रबारबाट नेपाली टोलीको बन्द प्रशिक्षणमा सामेल भईसकेका छन् । क्यानले उनको निलम्बन फुकुवा गर्दै प्रशिक्षणमा राखेको हो ।






%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764157792407.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



-1764163211372.jpg&w=3840&q=75)