काठमाडौं । आगामी महिना काठमाडौंमा आयोजना हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि नामिबियाको टोली घोषणा भएको छ ।
विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि ग्रेहार्ड इरास्मसको कप्तानीमा नामिबियाको १४ सदस्सीय टोलीको घोषणा भएको हो ।
नेपाल भ्रमणका क्रममा नामिबियाले आयोजक नेपाल र स्कटल्याण्डसँग समान २/२ एकदिवसीय खेल खेल्नेछ ।
आयोजक नेपालसँग फेब्रुअरी १४ मा पहिलो खेल खेल्ने नामिबियाले फेब्रुअरी १५ मा स्कटल्याण्डसँग खेल्नेछ ।
फेब्रुअरी १८ मा नेपालसँग खेल्ने नामिबियाले नेपाल भ्रमणको अन्तिम खेलमा फेब्रुअरी १८ मा स्कटल्याण्डसँग खेल्नेछ
सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नामिबियाको टोली :
ग्रेर्हाड इरास्मस (कप्तान), लोहान लौरेन्स, टागेनी लुन्गामेनी, जानी ग्रीन, माइकल भ्यान लिङ्गेन, जान फ्रायलिङ्क, बर्नाड स्कोल्ट्ज, हेलाओ या फ्रान्स, बेन शिकोन्गो, कार्ल बर्केनस्टक, जोशुआन जुलियस, निकोल लोफ्टी–इटन, रुबेन ट्रम्पलम्यान र शाउन फाउचे
