क्यानको बोर्ड बैठक बस्दै, टी-ट्वान्टी लिग र सन्दीप मुख्य एजेन्डा
मंगलबार, १७ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आज मंगलबार पोखरामा बस्दैछ ।
क्यानका ७ कार्यसमिति सदस्यले राजीनामा मागेको दुई दिनपछि क्यानको बोर्ड बैठक बस्न लागेको हो ।
बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुनेछ ।
जसमध्ये मुख्य एजेन्डा नेपाल टी-ट्वान्टी लिग प्रतियोगिता सम्बन्धि रहेको छ ।
त्यस्तै पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषयमा छलफल हुनेछ ।
राष्ट्रिय महिला तथा पुरुष खेलाडीको करार सम्बन्धमा समेत छलफल हुनेछ ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गठन गरेको कार्यदलको रिपोर्ट र राखेपको निर्देशनबारे छलफल हुनेछ ।

क्यानको बोर्ड बैठक बस्दैटी-ट्वान्टी लिग र सन्दीप मुख्य एजेन्डा





-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)



-1776687524253.jpeg&w=3840&q=75)

%20(1)-1776682838956.jpeg&w=3840&q=75)