च्याम्पियन भारतीय टोलीले पाँच करोड पाउने
सोमबार, १६ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईसीसी महिला यू-१९ टी-ट्वान्टी विश्वकपको च्याम्पियन टोलीलाई पाँच करोड भारतीय रुपियाँ प्रदान गर्ने भएको छ ।
बीसीसीआई ले च्याम्पियन भारतीय टोलीलाई पुरस्कार रकम दिने घोषणा गरेको हो । दक्षिण अफ्रिकामा सम्पन्न भएको पहिलो संस्करणको विश्वकपको उपाधी भारतले जितेको थियो ।
बीसीसीआईका सचिव जय शाहले सामाजिक सञ्जालमार्फत च्याम्पियन टोलीलाई पाँच करोड भारु पुरस्कार दिने बताएका हुन् ।
आईतबार भएको फाइनल खेलमा इंग्ल्याण्डलाई ७ विकेटले हराउँदै भारतले उपाधी जितेको थियो ।
सेनविस पार्कमा भएको खेलमा इंग्ल्याण्डले दिएको ६८ रनको लक्ष्य भारतले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।
बीसीसीआई ले च्याम्पियन भारतीय टोलीलाई पुरस्कार रकम दिने घोषणा गरेको हो । दक्षिण अफ्रिकामा सम्पन्न भएको पहिलो संस्करणको विश्वकपको उपाधी भारतले जितेको थियो ।

-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)

%20(1)-1776682838956.jpeg&w=3840&q=75)