• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
स्पट फिक्सिङमा पक्राउ परेका दुई क्रिकेटरको क्रिकेट इतिहास कस्तो ?
खेलपाटी संवाददाता
बिहीबार, माघ १२, २०७९ खेलपाटी संवाददाता
स्पट फिक्सिङमा पक्राउ परेका दुई क्रिकेटरको क्रिकेट इतिहास कस्तो ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी महबुब आलम स्पट फिक्सिङको अभियोगमा सोमबार पक्राउ परे ।

नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले महबुब मुख्य योजनाकार रहेको दाबी गरेको छ । महबुबको योजनामा आदीलले स्पट फिक्सिङ गरेको प्रहरीले जनाएको छ ।

नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो ।

आदीलले जनकपुर रोयल्सबाट नेपाल टी-ट्वान्टी खेलेका थिए । महबुब भने कुनैपनि टोलीमा थिएनन् ।

नेपाली क्रिकेटका भविष्यका रुपमा हेरिएका आदिल र नेपाली क्रिकेटमा आदर्शका रुपमा रहेका मेहबुबको पक्राउपछि नेपाली क्रिकेटमा तरङ्ग ल्याएको छ ।

स्पट फिक्सिङमा पक्राउ परेका दुई क्रिकेटरको क्रिकेट इतिहास कस्तो छ त ?

आदिल अन्सारी -

२०६० कार्तिक १ गते बारा जिल्लाको सिमौरगढमा जन्मिएका आदिलको सानै उमेरबाट क्रिकेटमा रुची रहेको थियो । मधेश प्रदेशको यू-१९  टोलीका सदस्य रहेका आदीलले उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

अलराउण्डर आदीलले गत मार्चमा कीर्तिपुरमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीचको सिरिज दौरान राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

उनले पपुवा न्युगिनीविरुद्धको खेलमा ३१ मार्च २०२२ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

राष्ट्रिय टोलीविरुद्धको पहिलो खेलमा नै उत्कृष्ट खेल देखाएका आदिलले ११ बलमा ३ छक्का सहित ३१ रन बनाएका थिए । आदिलले नेपालका लागि ८ टीट्वान्टी अन्तराष्ट्रिय खेल्दै १ सय १० रन बनाउँदै ५ विकेट लिएका छन् ।

नेपालका लागि गएको जुनमा आदिलले एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका थिए । उनले अमेरिकामा भएको विश्व क्रिकेट लिग टूमा अमेरिकाविरुद्धको खेलमा डेब्यु गरेका थिए । डेब्यु खेलमा आदीलले ३ महत्वपुर्ण विकेट लिएका थिए । उनको महत्वपुर्ण विकेटका साथमा खेल बराबरी भएको थियो । आदिलले नेपालका लागि ६ एकदिवसीय खेलमा १ सय १० रन बनाउँनुका साथै ६ विकेट लिएका छन् ।

महबुब आलम -

४१ वर्षीय  बलर महबुब सप्तरीको राजविराजमा जन्मिएका हुन् ।

महबूब सन् २००८ मा आइसीसी विश्व क्रिकट लिग डिभिजन-५ मा मोजाम्बिकविरुद्धको खेलमा १० विकेट लिएर विश्व कीर्तिमान बनाउने क्रिकेटर हुन् । सोही प्रतियोगितामा नर्वेविरुद्धको जितमा महत्वपूर्ण ५१ रन बनाएका थिए।

महबुबले सन् २००४ को मार्चमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।  

महबुबले २०१२ मा हङकङविरुद्ध खेल्दै टी-ट्वान्टीमा डेब्यु गरेका थिए । यस्तै उनले सन् २०१५ मा पपुवा न्युगिनीविरुद्धको खेलबाट ‘लिस्ट ए’ मा डेब्यु गरेका थिए ।

महबुबले लिस्ट 'ए' मा ४ खेल खेल्दा २० रन र ४ विकेट लिएका छन् । टी-ट्वान्टीमा ७ खेल खेल्दा उनले ३४ रन र १ विकेट लिएका छन् ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
सुरूआती ११ मा तीन खेलाडी परिवर्तन
सुरूआती ११ मा तीन खेलाडी परिवर्तन
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP