काठमाडौं । युएईमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ ।
क्यानले सोमबार आइसीसीले खेलतालिका जारी गरेको जनाएको छ। खेल तालिका अनुसार नेपालको पहिलो खेल २४ फेब्रुअरीमा सिंगापुरविरुद्ध रहेको छ।
दोस्रो खेलमा २५ तारिखमा कुबेतसॅंग खेल्ने नेपालले हङकङ विरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्नेछ। तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग खेल्नेछ। सबै खेलहरु नेपाली समयअनुसार बिहान १०:४५ मा हुनेछ ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।
नेपालले आइतबार मात्र प्रतियोगिताका लागि १४ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।
क्यानले प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट नेपाली टोली घोषणा गरेको हो । क्यानले घोषणा गरेको टोलीमा ४ वैकल्पिक खेलाडी रहेका छन् ।
नेपाली टोली -
आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दिपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्रे,दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा
वैकल्पिक - प्रज्वल थापा, तुल बहादुर थापा,निर्मल थापा, राजेश यादव
खेल तालिका -
