प्रविणालाई महिला ४० वर्ष एकलमा स्वर्ण

काठमाडौं । चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिता अन्तर्गत महिला ४० वर्ष माथिको एकलमा वडा नम्वर ३ की प्रविणा शाक्यले स्वर्ण पदक जितेकी छिन्।
बिहीबार आयोजित फाइनलमा प्रविणाले वडा नम्वर २० की मन्दिरा शाक्यलाई ३-० को सोझो सेटमा पराजित गरेकी हुन्।
ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्लब हस्खाद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिता अन्तर्गत विहिवार भएको महिला एकलको फाइनलमा रोनिशा महर्जन र सुरम्या शाक्यविच प्रतिस्पर्धा हुने भएको छ।
आज सम्पन्न सेमिफाइनलमा वडा नम्वर १२ कीरोनिशाले वडा २० की युनिशा महर्जनलाई ३-० को सोझो सेटमा पराजित गरिन् भने वडा ८ की सुरम्याले १७ वडाकी अर्पिता महर्जनलाई३-१ ले पाखा लगाएकी थिइन्।
त्यस्तै मेन्स डबल्समा वडा नम्वर ७ का एलेक्स महर्जन र डिकेन महर्जनको जोडीले वडा ८ का विपुल महर्जन र ज्ञानेश्वर महर्जनको जोडीलाई ३-२ पराजित गरी फाइनलमा पुगेका छन्। त्यसैगरी अर्को सेमीफाइनलमा वडा १२ का सुनिल महर्जन र आरिश महर्जनको जोडीले वडा ७ का निकेश जोशी र एलेन महर्जनको जोडीलाई ३-०ले पराजित गरे।
फ्लडलाइटको प्रकाशमा रातीमा सञ्चालन हुने रात्रीकालिन टेबल टेनिस ललितपुर जिल्लामा परम्परागत रुपमा हंदै आएको प्रतिष्ठित टेबल टेनिस प्रतियोगिताको रुपमा चिनिन्छ।
१३ वटा इभेन्ट्स समावेश प्रतियोगितामा युवा खेलाडी देखि अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिता आगामी शनिवार सम्पन्न हुनेछ।







-1753545694.jpg&w=3840&q=75)

%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)



