शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ दौड माघमा

बिहिबार, पुष २८, २०७९खेलपाटी संवाददाता
गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ दौड माघमा
Classic Tech Internet Ad

काठमाडौं । गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ क्रसकन्ट्री दौड माघमा आयोजना हुने भएको छ । यस्तै धरान रन फागुनमा हुनेछ ।

एथलेटिक्स परिवार, नेपालले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै गोल्डेन एथलेटिक्स मिट माघ २० र २१ गते काठमाडौंको दशरथ रंगशालामा हुने जनाएको छ  ।

गोल्डेन एथलेटिक्स मिटमा महिला र पुरुष तर्फ बिभिन्न २७ वटा ट्रयाक एण्ड फिल्ड ईभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिला र पुरुष तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर,५,००० मिटर,१०,००० मिटर दौडका साथै फ़िल्ड तर्फ लडगजम्प, ट्रिपलजम्प, हाईजम्प, सटपुट र ज्याभलिन थ्रो समावेश गरिएको छ भने ४ गुणा १०० मिटर दौड र नेपालमा पहिले पटक ४ गुणा ४०० मिटर मिक्स रिले दौड़ हुनेछ ।

व्यक्तिगततर्फ प्रत्येक ईभेन्टमा प्रथम हुनेलाई ६ हजार, द्वितीय हुनेलाई ४ हजार र तृतीय हुने खेलाडीलाई २ हजार नगद पुरस्कारको साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यसै गरि रिले दौडमा प्रथम हुने टिमलाई ८ हजार, द्वितीयलाई ६ हजार र तृतीयलाई ४ हजार नगद पुरस्कार दिईनेछ ।

महिला तथा पुरुष तर्फ सर्वश्रेष्ठ खेलाडी र राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई ६ हजारबाट पुरस्कृत गरिने छ ।

सातौं झिल्टुङ क्रसकन्ट्री दौड माघ १४ गते शनिबार हुनेछ । प्रतियोगिता नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नम्बर ५ को आयोजना तथा एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ ।

दौड प्रतियोगिता कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुनेछ ।

प्रतियोगितामा १३.५ कि.मि. पुरुष तथा महिला, ४.५ कि. मि. को खुल्ला जुनियर छात्र तथा छात्रा, स्थानीय छात्र, छात्रातर्फ ४.५ कि.मि., ४५ वर्ष माथिका स्थानिय पुरुषको ४.५ कि.मि.,१३.५ कि.मि. खुल्ला भेट्रान खुल्ला पुरुष, ४. ५ किमीको आमा समूह दौडमा गरी कुल १० ईभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विजयी हुने खेलाडीहरुलाई नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिनेछ।

उक्त दौड प्रतियोगितामा करीव ५०० खेलाडीहरले भाग लिने अनुमान गरीएको र प्रतियोगिताको अनुमानित खर्च  १० लाख रहेको छ ।  

त्यस्तै  फागुन १३ गते शनिबार धरानमा ११औं नेवा च्यारिटी रन,२०२३, धरान १० के रन आयोजना हुनेछ ।

विजयी खेलाडीहरुलाई बिभिन्न पुरस्कार प्रदान गरिने उक्त प्रतियोगिताको काठमाडौमा समन्वयको कार्य एथलेटिक्स परिवार नेपालले गरेको छ ।  धरान १० के दौडमा ४ हजार भन्दा बढि धावकहरुको सहभागिता रहने छ ।

Bajaj Pulsar Motorcycle Ad
गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ दौड माघमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

एथलेटिक्स टोली भारत जाने

एथलेटिक्स टोली भारत जाने

Bajaj Pulsar Motorcycle Ad
प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालले भारतलाई हरायो

नेपालले भारतलाई हरायो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बाको डेब्युको प्रतीक्षा

साम्बाको डेब्युको प्रतीक्षा

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार