बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Bhat Bhateni Supermarket Ad

मेयर कप रात्रीकालिन टेबल टेनिस सुरु

मंगलबार, पुष २६, २०७९खेलपाटी संवाददाता
मेयर कप रात्रीकालिन टेबल टेनिस सुरु
Classic Tech Internet Ad

ललितपुर । चौंथो मेयर कप रात्रिकालिन टेबल टेनिस प्रतियोगिता ललितपुर १२ स्थित ह:खा टोलमा सुरु भएको छ ।

रातीको समय हुने विशिष्ट शैलीको यो प्रतियोगिताको उद्घाटन ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरे ।

प्रतियोगिताको पहिलो दिन मेन्स टिम इभेन्ट्स र भेट्रान्स टिम इभेन्टसका खेलहरु सञ्चालन भएको छ।

जस अन्तर्गत मेन्स टिम इभेन्ट्समा वडा नम्वर २० ले ११ लाई, वडा नम्वर १६ ले ६ लाई, बडा नम्वर ९ ले ८ लाई पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन्। १२ वडाले भने वाई पाएको थियो। 

त्यसैगरी मेन्स टिम इभेन्ट्समा वडा नम्वर १८ ले १७ लाई, बडा १३ ले ११ लाई पन्छाउँदै क्वार्टर फाइनलमा पुगे।  

६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १३ इभेन्ट्स समावेश गरिएको छ। त्यसमा ललितपुरका २९ वटा वडाबाट करिब ५ सय खेलाडीहरुले सहभागिता जनाइरहेका छन्।

हरेक वडाका खेलाडीहरुले उत्साहपुर्वक सहभागिता जनाउने अनि सम्वन्धित वडाले राम्ररी सहयोग गर्ने यो प्रतियोगिताबाट थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन हुंदै आएको छ।

हाल ललितपुर जिल्लाबाट उत्पादन भएका खेलाडीहरु संयोग कपाली, रुविन महर्जन, इभाना थापा राष्ट्रिय टोलीका प्रमुख खेलाडीहरु हुन्। त्यस्तै रविन्द्र शाक्य, राजेन्द्र कपाली, पुरुषोत्तम बज्राचार्य जस्ता राष्ट्रिय खेलाडी पनि ललितपुर जिल्लाका उत्पादन हुन्।

ललितपुर उपमहानगर पालिकाका मेयर तथा उद्घाटन समारोहका प्रमुख अतिथी चिरिबाबु महर्जनले वडा स्तरिय प्रतिस्पर्धा भएपनि यसले देशको टेबल टेनिसलाई ठूल्ठूला खेलाडीहरु उत्पादन गरेर टेवा पुर्याइरहेको बताए।

रात्रीकालिन टेबल टेनिस ललितपुरको इतिहाससंग जोडिएको प्रतियोगिता हो। ४० को दशकदेखि सुरु भएको यो खेल विचमा केही समय अवरुद्ध भएपनि अहिले पुन: निरन्तरता पाएको हो।

यसअघि ललितपुर वडा नम्वर १२ का अध्यक्ष नारायणलाल अवालेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथी ललितपुर उपमहानगर पालिकाका मेयर चिरिबाबु महर्जन, ललितपुरका प्रदेश साँसद रामकृष्ण चित्रकार, ललितपुर जिल्ला टेबल टेनिस संघका अध्यक्ष सुदिल शाही, युवा क्लब ह:खाका अध्यक्ष पदमराज शाक्य, ललितपुर जिल्ला टेबल टेनिस संघका सचिव राजेन्द्र कपालीले मन्तब्य ब्यक्त गरेका थिए।   

Bajaj Pulsar Motorcycle Ad
मेयर कप रात्रीकालिन टेबल टेनिस सुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bajaj Pulsar Motorcycle Ad
रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको  बैठक

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको बैठक

८९६ दिनदेखि लिग कसको कारण रोकियो?

८९६ दिनदेखि लिग कसको कारण रोकियो?

नयाँ सुरुआत भर्सेस पुरानो तथ्यको टक्कर !

नयाँ सुरुआत भर्सेस पुरानो तथ्यको टक्कर !

एनपीएलमा सट्टेबाजी मौलाउँदै

एनपीएलमा सट्टेबाजी मौलाउँदै

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा