काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा रियलले रियल भालाडोलिटलाई २-० गोल अन्तरले हराएको हो ।
रियलको जित दुबै गोल करिम बेन्जिमाले गरे ।
खेलको ८२ औं मिनेटमा सेर्जियो लोनले रातो कार्ड पाएपछि भालाडोलिट १० खेलाडीमा समेटियो ।
८३ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई १-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-० को जित दिलाए ।
जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ ।
रियलले १५ खेलमा ३८ अंक जोडेको छ ।
भालाडोलिट १७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।