काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २-१ गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा दुबै गोल आत्मघाती रह्यो ।
खेलको चौंथो मिनेटमा किर्नन हलले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ३८ औं मिनेटमा लेस्टरका डिफेन्डर वोउट फाएसले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा आयो ।

त्यसपछि खेलको ४५ औं मिनेटमा फाएसले फेरि आत्मघाती गोल गरेपछि लिभरपुल २-१ ले विजयी भयो ।
यस जितसँगै लिभरपुलले १६ खेलमा २८ अंक जोडेको छ ।
लिभरपुल छैटौं स्थानमा रहेको छ ।
लेस्टर १७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
अर्को खेलमा ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई २-० ले हराएको छ ।