काठमाडौं । मिडफिल्डर पुजन उपरकोटीले सहिद स्मारक 'ए' डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दी क्लब छाडेका छन्।
राष्ट्रिय टिमका मिडफिल्डर समेत रहेका पुजन तीन वर्ष क्लबमा बिताएर मनाङ छाडेका हुन् ।
पुजनले सामाजिक संजाल फेसबुकबाट शुक्रबार मनाङ छाडेको जनाएका छन् ।
पुजन २०१९ मा मनाङमा आबद्द भएका थिए ।
मनाङबाट पुजनले 'ए' डिभिजन लिगको उपाधि जितेका थिए ।
'ए' डिभिजन लिग नजिकदै गर्दा पुजनले मनाङ छाडेका हुन् ।