बेशीसहर । सामना युथ क्लब र नखिपोट युथ क्लबले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
लमजुङको बेसीसहरमा शुक्रबार सामनाले सुन्दर बजार युथ क्लबलाई २-० गोल अन्तरले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो ।
सामनाको जितमा सुदिप गुरुङले १४ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको २१ औं मिनेटमा पासाङले गोल गर्दै सामनाको जित पक्का गरे ।
अर्को खेलमा नखिपोटले गोर्खा ब्वाइज बुटवललाई २-० ले नै हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।
नखिपोटको जितमा अजित लामाले ६६ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा प्रकाश पुन मगरले गोल गर्दै नखिपोटको जित पक्का गरे ।
त्रिवेणी युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको क्वाटरफाइनल खेलहरु शनिबारबाट सुरु हुनेछ ।
क्वाटरफाइनलको खेलहरु खेलपाटी डटकमले प्रत्यक्ष प्रशारण गर्नेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।
सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् ।