काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई २-० गोल अन्तरले हराएको हो ।
एट्लेटिकोको जितमा जोआ फेलिक्स र अल्भारो मोरटाले एक एक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा गोन्जालो भेर्डूले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो ।
५३ औं मिनेटमा मारियो हेर्मोसोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा एट्लेटिको पनि १० खेलाडीमा समेटियो।
खेलको ५६ औं मिनेटमा फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा मोरटाले गोल गर्दै एट्लेटिकोको जित पक्का गरे ।
यस्तै खेलको ९० औं मिनेटमा डोमिन्गोसले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि इल्चे ९ खेलाडीमा सिमित भएको थियो ।
यस जितसँगै एट्लेटिकोले १५ खेलमा २७ अंक जोडेको छ । एट्लेटिको तेस्रो स्थानमा रहेको छ ।
इल्चे ४ अंक जोडेर पुछारमा रहेको छ ।