काठमाडौं । पाँचौं चक्रबहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालय पब्लिक स्कुल र मनकामना सेकेण्डरी स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ ।
पहिलो सेमिफाइनलमा नेपालयले त्रिकोण पब्लिक स्कुललाई ३-० ले पराजित गर्यो ।
नेपालयको जितमा निमा शेर्पा र आङ्छिरिङ शेर्पाले एक एक गोल गरे । त्रिकोणका विजय कार्कीले आत्मघाती गोल गरे ।
अर्को सेमिफाइनलमा मनकामनाले अरुणदया सेकेण्डरी स्कुललाई १-० ले पराजित गर्यो ।
मनकामनाको जितमा निशान तामाङले निर्णायक गोल गरे ।
गोकर्णेश्वर नगरपालिकको सहकार्य तथा छहारी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।
विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।