काठमाडौं । स्पेनको चौंथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपीले दोस्रो मैत्रीपूर्ण खेलमा काठमाडौं-११ लाई हराएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कासेरेन्योले काठमाडौं-११ लाई २-१ गोल अन्तरले हराएको हो ।
कासेरेन्योको जितमा अल्भारो क्लाउस र डेभिड ग्रान्डेले एक एक गोल गरे ।
राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनको कप्तानीमा रहेको काठमाडौं-११ का लागि जर्ज प्रिन्स कार्कीले एक गोल फर्काए ।
खेलको ४१ औं मिनेटमा अल्भारोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ८२ औं मिनेटमा डेभिडले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा काठमाडौं-११ का जर्ज प्रिन्सले गोल गरेपनि पाहुना टोली २-१ ले विजयी भयो ।
यस अघि कासेरेन्योले बुधबार पोखरा रंगशालामा गण्डकी-११ सँग खेलेको थियो ।
उक्त खेलमा कासेरेन्योले गण्डकी-११ लाई ३-० गोल अन्तरले हराएको थियो ।
नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको क्लब नेपाल आएको हो ।
=
स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।
‘शान्तिका लागि फुटबल’को नाराका शाथ नेपालबाट सम्पूर्ण विश्वलाई शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले कासेरेन्योलाई नेपाल भ्लेरमण गराईएको फाउन्डेसनले जनाएको छ ।