काठमाडौं । स्पेनको चौंथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपीले दोस्रो मैत्रीपूर्ण खेलमा आज बिहीबार काठमाडौं-११ सँग प्रतिस्पर्धा गर्दैछ ।
कासेरेन्यो र काठमाडौं-११ बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ । खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ ।
काठमाडौं-११ नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनको कप्तानीमा हुनेछ ।
कासेरेन्योले बुधबार पोखरा रंगशालामा गण्डकी-११ सँग खेलेको थियो ।
उक्त खेलमा कासेरेन्योले गण्डकी-११ लाई ३-० गोल अन्तरले हराएको थियो ।
नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको क्लब नेपाल आएको हो ।
स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।