काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका डिफेन्डर रिस जेम्स करिब ४ हप्ता मैदान बाहिर रहने भएका छन् ।
घुँडाको चोटका कारण जेम्स ३ देखि ४ हप्ता मैदान बाहिर रहने भएका हुन् ।
चेल्सीले डिफेन्डर जेम्स मैदान बाहिर रहने पुष्टि गरेको छ ।
इंग्ल्यान्डका डिफेन्डर जेम्सले प्रिमियर लिग अन्तर्गत बर्नेमाउथविरुद्धको खेलमा चोट बोकेका थिए ।
उक्त खेलमा चेल्सीले २-० को जित निकालेको थियो ।
२३ वर्षीय डिफेन्डरले चोटकै कारण कतार विश्वकप गुमाएका थिए ।