काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले स्ट्राइकर डेभिड डात्रो फोफानालाई अनुबन्ध गरेको छ ।
चेल्सीले बुधबार एक विज्ञप्ति निकाल्दै फोफानालाई अनुबन्ध गरिएको जनाएको छ ।
चेल्सीले नर्वेको मोल्डे एफकेबाट स्ट्राइकर फोफानालाई अनुबन्ध गरेको हो ।
आइभरी कोस्टका स्ट्राइकर जनवरी १ बाट क्लबमा सामेल हुने चेल्सीले जनाएको छ ।
२० वर्षीय स्ट्राइकरले गत सिजन नर्वेजियन क्लबका लागि २९ खेलमा १७ गोल गरेका थिए ।