• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
विघटित नेपाल तेक्वान्दो संघले भन्यो, 'राखेपको गैरजिम्मेवार र अबैधानिक कार्य'
खेलपाटी संवाददाता
बिहीबार, पुस ७, २०७९ खेलपाटी संवाददाता
विघटित नेपाल तेक्वान्दो संघले भन्यो, 'राखेपको गैरजिम्मेवार र अबैधानिक कार्य'

काठमाडौं । विघटित नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गैरजिम्मेवार र अबैधानिक कार्य गरेको आरोप लगाएको छ ।

तेक्वान्दो संघले बिहीबार एक विज्ञप्ति निकाल्दै संघलाई विघटन गर्नु राखेपको गैरजिम्मेवार र अबैधानिक कार्य भएको दाबी गरेको छ ।

राखेपले राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै  तेक्वान्दोसहित उसु र बडिबिल्डिङ संघलाई मंगलबार विघटन गरेको थियो । 

राखेपले अस्तित्वमा रहेको  नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गरेको हो । 

यस्तै राखेपले प्रदीप जोशी अध्यक्ष र इन्द्रमान तुलाधर महासचिव रहेको नेपाल तेक्वान्दो महासंघ दर्ता गरेको छ । राखेपले उक्त समितिलाई तीन महिनाभित्र स्थानीय तहहुँदै केन्द्रसम्मको निर्वाचन गर्ने जिम्मेवारी समेत दिएको छ ।

तर, राखेपको यस कार्यले तेक्वान्दो खेल, खेलाडी र प्रशिक्षकहरूको भविष्यमाथि खेलवाड भएको समेत संगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

'राष्ट्रिय खेलकुद परिषदको यो गैरजिम्मेवार र अबैधानिक कार्यको घोर भर्त्सना गर्दै तेक्वान्दो खेल, खेलाडी र प्रशिक्षकहरूको भविष्यमाथि खेलवाड गर्ने यस परिषद विरूद्ध एक हुन र आआफ्नो तह र तप्काबाट यसको सामना गर्न यस संघ आव्हान गर्दछ,' अध्यक्ष प्रकाश समशेर राणाले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय खेलकुद परिषद्को यस गलत क्रियाकलाप र समाजलाई लज्जित गर्ने कार्यको विरोध गर्दै सम्पुर्ण खेलाडी, प्रशिक्षक, खेल संघ, शुभचिन्तक, अभिभावक र नेपाली जनताबाट विरोध गर्दै एकजुट हुन हार्दीक अपिल गर्दछौं ।'

राष्ट्रिय खेलकुद विकास ऐनले एक खेलको लागि एउटा मात्र खेल संघ गठन भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

ऐनको धारा २६ को दफा ५ को उपदफा (४) मा परिषदमा दर्ता गर्दा एक खेलको लागि एकभन्दा बढी तथा एकै उद्धेश्य वा समान नाम भएका एकभन्दा बढी संघ वा महासंघलाई दर्ता गरिने छैन भन्ने उल्लेख छ ।

ऐनको दफा ६ को उपदफा ५ मा ऐन प्रारम्भ हुदाँको बखत एउटै खेलको लािग एकभन्दा बढी खेल संघ वा महासंघ गठन भएका रहेछन् भने ऐन लागू भएको मितिले तीन महिनाभित्र एउटै खेल संघ वा महासंघ गठन गरी दर्ताका लागि परिषद्ले सुचना निकाल्ने उल्लेछ । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP