बंगलादेशमा नेपालका विश्वरामलाई रजत
बुधबार, २८ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशमा जारी ५ औं आमन्त्रित बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपालका विश्वराम कुँवरले रजत पदक जितेका छन् ।
ढाकामा बुधबार १५ सय मिटर दौडमा ४ मिनेट ३०.१५ सेकेण्डको समय निकाल्दै विश्वरामले रजत पदक जितेका हुन् ।
यस अघि मंगलबार नेपालकी सीमा श्रेष्ठले कास्य पदक जितेकी थिइन् ।
महिला हाइजम्पमा सीमाले १.३२ मिटर उचाई जम्प गर्दै कास्य पदक जितेका हुन् ।
प्रतियोगितामा नेपालका ७ जना यू-१७ खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा नेपालका ४ पुरुष र ३ महिला खेलाडीले सहभागिता जनाएको एथलेटिक्स परिवार नेपालले जनाएको छ ।
बंगलादेशमा नेपालका विश्वरामलाई रजत













-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)