बुधबार, कार्तिक ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

भ्याली पब्लिक र ग्रिनफिल्डलाई उपाधि

आइतबार, मंसिर १८, २०७९खेलपाटी संवाददाता
भ्याली पब्लिक र ग्रिनफिल्डलाई उपाधि
Classic Tech Internet Ad

काठमाडौं । आयोजक भ्याली पब्लिक र ग्रिनफिल्डले १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

भ्याली पब्लिकले दोहोरो उपाधि चुम्यो । भ्याली पब्लिक सिनियर ब्वाइज र सिनियर गर्ल्समा च्याम्पियन बन्यो । ग्रिनफिल्ड जुनियर ब्वाइजमा पहिलो भयो ।

सुन्दरबस्तीको भंगालस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ४५–३८ ले हरायो । भ्याली पब्लिकका टिशान्त लामाले १६ स्कोर गरे ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले काष्ठमण्डपमाथि २१–२० ले हरायो । भ्याली पब्लिककी मुस्कान गुरुङले ९ अंक जोडिन् ।

जुनियर ब्वाइज फाइनलमा ग्रिनफिल्डले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई ३१–२५ ले पाखा लगायो । ग्रिनफिल्डका अर्जुन बस्नेतले २४ अंक जोडे ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका छिरिङ डेन्डुप लामा, सिनियर गर्ल्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा ग्रिनफिल्डका अर्जुन बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा सुशान्त चौधरी, सिनियर गल्र्समा मुस्कान गुरुङ र जुनियर ब्वाइजमा छिमे तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । तीनै भ्याली पब्लिकका हुन् ।

सिनियर ब्वाइजमा गोल्डेनपिकका दिनेश रापाल, सिनियर गल्र्समा काष्ठमण्डपकी रिया राई र जुनियर ब्वाइजमा बीएनएका एलेक्स गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा पृथ्वी, सिनियर गल्र्समा केभीकेएसएस र जुनियर ब्वाइजमा ह्वाइटफिल्ड अनुशासित टिम ठहरिए ।

विजेतालाई प्याब्सनका केन्द्रीय महासचिव आरबी कट्वाल, टोखा प्याब्सनका अध्यक्ष टंक चापागाईं, भ्याली पब्लिक व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर गुरुङ, भ्याली पब्लिकका प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिम सहभागी थिए ।

Bajaj Pulsar Motorcycle Ad
भ्याली पब्लिक र ग्रिनफिल्डलाई उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

Bajaj Pulsar Motorcycle Ad
फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल

 टप–क्लास टोली पीएसजी

टप–क्लास टोली पीएसजी

 जितको लयमा फर्कियो बार्सिलोना

जितको लयमा फर्कियो बार्सिलोना

बंगलादेश र वेस्ट इन्डिजको खेलको एक इनिङ्समै चार कीर्तिमान

बंगलादेश र वेस्ट इन्डिजको खेलको एक इनिङ्समै चार कीर्तिमान

भारत र इरानसँग खेल्न हिँड्यो नेपाली टोली

भारत र इरानसँग खेल्न हिँड्यो नेपाली टोली

भारतले रोनाल्डोलाई आफ्नो देश ल्याउन सकेन

भारतले रोनाल्डोलाई आफ्नो देश ल्याउन सकेन

रोनाल्डोका छोरा पोर्चुगलको यु–१६ टोलीमा

रोनाल्डोका छोरा पोर्चुगलको यु–१६ टोलीमा