पहिलो हाफमा वेल्स र इरानको बराबरी
शुक्रबार, ०९ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले वेल्स र इरानबीच प्रतिस्पर्धा भईरहेको छ ।
अहमद बिन अलि स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा वेल्स र इरानले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा इरानका अलीले १६ औं मिनेटमा गोल गरेपनि मान्यता पाएन ।
भीएआरले उनलाई अफसाइड देखाएको थियो ।
आज वेल्स पहिलो जितको खोजीमा हुनेछ । ६४ वर्षपछि विश्वकप खेलिरहेको वेल्स ऐतिहासिक जित निकाल्न चाहन्छ ।
वेल्स पहिलो खेलमा अमेरिकासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
इरान पनि पहिलो जितको योजनामा रहेको छ ।
पहिलो खेलमा इरान इंग्ल्यान्डसँग ६-२ ले पराजित भएको थियो ।
पहिलो हाफमा वेल्स र इरानको बराबरी













-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)