जडेजा र दयालले बंगलादेश भ्रमण गुमाउने

काठमाडौं । अलराउण्डर रविन्द्र जडेजा र युवा क्रिकेटर यश दयालले बंगलादेश भ्रमण गुमाउने भएका छन् ।
जडेजा र दयालको स्थानमा भारतले तीव्र गतिका बलर कुलदीप सेन र अलराउन्डर शाहबाज अहमदलाई डिसेम्बरमा हुने एकदिवसीय सिरिजका लागि टोलीमा समावेश गरेको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा राम्रो प्रदर्शन गरेपछि पहिलो पटक टोलीमा स्थान बनाएका दयालको ढाडको समस्याका कारण तीन खेलको सिरिजबाट बाहिरिएका हुन् ।
न्युजिल्यान्डमा हुने एकदिवसीय सिरिजका लागि टोलीमा रहेका कुलदीप सेनलाई दयालको स्थानमा बंगलादेश भ्रमणमा स्थान दिईएको छ ।
गत सेप्टेम्बरमा भएको घुँडाको शल्यक्रियापछि जडेजा अझै पूर्ण रुपमा निको भएका छैनन् ।
यसै वर्षको सुरुमा दक्षिण अफ्रिकाविरुद्ध घरेलु शृंखलामा डेब्यु गरेका शाहबाजले जडेजाको स्थानमा टिममा समाबेश गरिएको छ ।
भारतले बंगलादेशविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । सिरिज ४, ७ र १० डिसेम्बरमा हुनेछ ।
भारतीय टोली - रोहित शर्मा (कप्तान), केएल राहुल, शिखर धवन, विराट कोहली, रजत पाटीदार, श्रेयस अय्यर, राहुल त्रिपाटी, ऋषभ पन्त, इशान किशन, शाहबाज अहमद, अक्षर पटेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, मोहम्मद सिराज, शमी, मोहम्मद सिराज, दीपक चाहर र कुलदीप सेन






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

