करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध
बिहिबार, मंसिर ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । श्रीलंका क्रिकेट बोर्डले बलिङ अलराउण्डर चमिका करुनारत्नेलाई सबैखाले क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको छ ।
श्रीलंका क्रिकेटले बुधबार करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध लगाएको हो ।
अष्ट्रेलियामा आयोजना भएको टी-ट्वान्टी विश्वकप दौरान खेलाडी अनुशासन तोडेको भन्दै श्रीलंकाले करुनारत्नेलाई प्रतिबन्ध लगाएको हो ।
श्रीलंका क्रिकेट बोर्डले गठन गरेको तीन सदस्सीय छानबिन समितिले करुनारत्नेलाई दोषी देखाएको थियो ।
यस्तै उनलाई ५ हजार अमेरिकी डलर जरिवाना समेत तोकिएको छ ।
दनुष्का गुणाथिलका बलात्कार मुद्दामा अष्ट्रेलियामा पक्राउ परेपछि श्रीलंकाले अनुसन्धान थालेको थियो ।
गुणाथिलका जमानतमा रिहा भएका छन् ।
श्रीलंका विश्वकपमा सेमिफाइनल पुग्न असफल भएको थियो ।
करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

