सोमपाल र रोहितको वरीयता सुधार
बुधबार, मंसिर ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामीको एकदिवसीय बलिङ वरीयतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा सोमपाल एक स्थान माथि उक्लिएका छन् । नयाँ वरीयतामा सोमपाल ९३ औं स्थानमा छन् ।
बलिङतर्फ नै सन्दीप लामिछाने ३९ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ आसिफ शेख र कप्तान रोहित कुमार पौडेलको वरीयता सुधार भएको छ । शेख र पौडेलको वरीयतामा एक एक स्थान सुधार भएको हो ।
नयाँ वरीयतामा शेख ९० औं र पौडेल ९१ औं स्थानमा रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।
बलिङतर्फ भने न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट पहिलो स्थानमा रहेका छन् ।
सोमपाल र रोहितको वरीयता सुधार






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

