कुशल र दीपेन्द्रको वरीयता यथावत
बुधबार, मंसिर ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र ब्याटर कुशल भुर्तेल आईसीसी टी-ट्वान्टी ब्याटिङ वरीयतामा यथावत रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्र र कुशलको वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा कुशल ५२ औं तथा दीपेन्द्र ५९ औं स्थानमा कायमै रहेका छ ।
बलिङतर्फ भने सन्दीप लामिछाने ७० औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ भारतका सुर्य कुमार यादव शीर्ष स्थानमा रहेका छन् । बलिङमा श्रीलंकाका वानिन्दु हसरंगा शीर्ष स्थानमा रहेका छन् ।
टी-ट्वान्टी वरीयतामा नेपाल १६ औं स्थानमा यथावत रहेको छ ।
कुशल र दीपेन्द्रको वरीयता यथावत






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

