काठमाडौं । फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले फराकिलो जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा पोर्चुगलले नाइजेरियालाई ४-० गोल अन्तरले हराएको हो ।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई गोल गरे ।
खेलको नवौं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।
३५ औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए ।
खेलको ८२ औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८४ औं मिनेटमा जोआ मारियोले गोल गर्दै पोर्चुगललाई ४-० को जित दिलाए ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा पोर्चुगल समूह 'एच' मा रहेको छ ।
यस समूहमा घाना, उरुग्वे र दक्षिण कोरिया रहेको छ ।
पोर्चुगलले नोभेम्बर २४ मा घानाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।