काठमाडौं । सेनेगलका स्टार फरवार्ड साडियो मानेले कतारमा हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन्।
जर्मन क्लब बायर्न म्युनिखले मानेले विश्वकप गुमाउने पुष्टि गरेको छ ।
केहि दिन अघि सेनेगल फुटबल फेडेरेसनले मानेले विश्वकपको पहिलो खेल गुमाउने जनाएको थियो ।
दायाँ खुट्टाको फिबुला चोट बाबजुत माने सेनेगलको विश्वकप खेल्ने टोलीमा रहेका थिए ।
तर, चोटको शल्यक्रिया गरेपछि उनले विश्वकप गुमाउने भएका हुन् ।
माने करिब ३ महिना मैदान बाहिर रहने छन् ।
बायर्नका फरवार्ड मानेले बुन्डेसलिगा अन्तर्गत वेर्डेर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका थिए ।
कतार विश्वकपमा सेनेगल समूह 'ए' मा रहेको छ ।
सेनेगलले नोभेम्बर २१ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।