मिडफिल्डर जोन्सले गरे लिभरपुलसँग नयाँ सम्झौता
बिहिबार, मंसिर १, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका युवा मिडफिल्डर कुर्टिस जोन्सले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
इंग्लिस मिडफिल्डरले बिहीबार क्लबसँग लामो सम्झौता गरेको लिभरपुलले जनाएको छ ।
सम्झौतासँगै २१ वर्षीय मिडफिल्डर २०२७ सम्म लिभरपुलमा रहने छन् ।
जोन्सले लिभरपुलका लागि ८१ खेल खेलिसकेका छन् । जसमा ८ गोल गरेका छन् ।
उनले २०१९ मा सिनियर टोलीमा डेब्यु गरेका थिए ।
लिभरपुलबाट उनले प्रिमियर लिग, एफए कप, काराबाओ कप र कम्युनिटी शिल्ड जितिसकेका छन् ।
उनी इंग्ल्यान्डको यू-२१ टोलीका सदस्य हुन् ।
मिडफिल्डर जोन्सद्वारा लिभरपुलसँग नयाँ सम्झौता













-1763024272658.jpeg&w=3840&q=75)