काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल टेलिभिजनबाट नेपालमा प्रत्यक्ष प्रसारण हुने भएको छ ।
विश्वकप नि:शुल्क देखाउनु पर्ने मागसहित परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि नेपाली टेलिभिजनले अतिरिक्त शुल्क लिएर विश्वकपको प्रत्यक्ष प्रसारण गर्न पाउने भएको हो ।
न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार सर्वोच्चकै यस अघिको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।
दुई अधिवक्ताले दायर गरेको रिटमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गत कात्तिक २२ गते प्रत्यक्ष प्रसारणको तयारीलाई यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
नेपालमा विश्वकपको प्रत्यक्ष प्रसारणको अधिकार मिडिया हबले पाएको छ ।
मिडिया हबले विश्वकप हेर्नका लागि पाँच सय रुपैयाँ अतिरिक्त शुल्क उठाउने निर्णय गरेको छ ।