काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिममा मिडफिल्डर आवास लामिछानले डेब्यु गरेका छन् ।
दशरथ रंगशालामा बुधबार पाकिस्तानविरुद्धको खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै आवासले डेब्यु गरेका हुन् ।
एपीएफ क्लबका मिडफिल्डर आवास खेलको ५७ औं मिनेटमा सेसेहाङ आङ्देम्बेको स्थानमा मैदान प्रवेश गरेका थिए ।
पाकिस्तानविरुद्धको खेलमा लागि आवास पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।
स्पेनमा फुटबल खेल्दै आएका आवास गत वर्ष ए डिभिजन लिग खेल्न नेपाल आएका थिए ।