पहिलो हाफमा नेपाल र पाकिस्तानको बराबरी
बुधबार, कार्तिक ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले अहिले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेलिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र पाकिस्तानले गोलरहित बराबरी खेलेका छन्।
लामो समयपछि मैदान फर्किएको पाकिस्तानविरुद्ध नेपाल जित निकाल्ने योजनामा रहेको छ ।
पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो ।
पाकिस्तान पनि नेपाललाई हराएर अन्तराष्ट्रिय फुटबलमा फर्कन चाहन्छ ।
पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल समेत हो ।
पहिलो हाफमा नेपाल र पाकिस्तानको बराबरी













-1763024272658.jpeg&w=3840&q=75)