काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि इक्वेडरले टिम घोषणा गरेको छ।
इक्वेडरले मंगलबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा इक्वेडर समूह 'ए' मा रहेको छ ।
यस समूहमा आयोजक कतार, सेनेगल र नेदरल्यान्ड्स रहेको छ ।
इक्वेडरले उद्घाटन खेलमा कतारविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
