काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबल आगामी वैशाख २२ गतेबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार 'सी' डिभिजन क्लबसँग छलफल गर्दै मिति तय गरेको हो ।
एन्फाले 'सी' डिभिजन क्लबलाई दिने तयारी खर्चको रकम समेत बढाएको छ ।
एन्फाले अब तयारी स्वरूप 'सी' डिभिजन खेल्ने क्लबलाई ११ लाख उपलब्ध गराउने छ ।
यस अघि ९ लाख ५० हजार पाउदै आएका थिए ।
एन्फाले ‘बी’ डिभिजन क्लबसँग समेत छलफल गरेको थियो । एन्फाले ‘बी’ डिभिजन लिगको मिति अर्को बैठकले तय गर्ने सहमति भएको समेत जनाएको छ ।
क्लबसँगको बैठकमा' सी' डिभिजन क्लबका प्रतिनिधिसँगै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, सदस्य पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ र प्रवक्ता सुरेश साहको उपस्थिति रहेको थियो ।