काठमाडौं । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाईटेड र म्यानेजर एरिक टेन हेगमाथि एक आश्चार्यजनक आक्रमण गरेका छन् । जसले उनको ओल्डट्राफोर्डको करियरनै समाप्त हुने निश्चित देखिन्छ ।
रोनाल्डोले टेन हेग र युनाईटेडका केही अधिकारी उनलाई क्लब बाहिर राख्ने कोशिश गरिरहेको आरोप लगाएका छन् । र उनले डच प्रशिक्षकका लागि आफुसँग कुनै सम्मान नरहेको र आफुले युनाईटेडमा धोका महशुश गरेको बताएका छन् ।
‘मसँग उनप्रति कुनै सम्मान छैन । किनकी उनले मेरा लागि कुनै सम्मान देखाएनन् ।’ अंग्रेजी पत्रिका सनका पियर्स मोगार्नसँगको अन्तरवार्तामा रोनाल्डोले भनेका छन् ।
‘केही मानिस छन्, जसले मलाई यहाँ देख्न चाहदैनन् । प्रशिक्षक मात्र हैन, त्यहाँ अरु दुई वा तीन जना छन् । यो वर्ष मात्र हैन, गत वर्ष समेत ।’ उनले भनेका छन् ।
‘इमान्दारीपूर्वक भन्नुपर्दा मैले यसो गर्न हुदैन । तर मलाई केही फरक पर्ने छैन । मानिसलाई सही सुनाउन आवश्यक छ । मैले धोकाको महशुश गरिरहेको छु ।’ रोनाल्डोले थपे ।

रोनाल्डोले बिमारीका कारण विश्वकप अघि युनाईटेडबाट अन्तिम खेल म्याच खेल्न पाएका थिएनन् । तर रोनाल्डोको प्रतिक्रियाले फुलहममाथि प्राप्त २–१ को जित छायाँमा परेको छ ।
युनाईटेडका प्रशिक्षक हेगले सोचेका थिए, पछिल्लो महिना टोटेनहमविरुद्धको खेलमा वैकल्पिक खेलाडीको रुपमा रोनाल्डो मैदान छिर्न अस्विकार गरेपछि र खेल नसकिदै मैदान छाड्ने कदमका कारण रोनाल्डोलाई टिम बाहिर राख्ने र जरिवाना गरेपछि उनको रोनाल्डोसँगको मतभेद सुल्झिसकेको छ ।
पाँच पटकका वालेन डी ओर खेलाडीले माफी मागेपछि टिममा फर्कने अनुमती दिईएको थियो । र पछिल्लो हप्ता एस्टन भिल्लाविरुद्ध उनले टिमको कप्तानी गरेका थिए ।
‘सर एलेक्स फर्गुसनले छाडेपछि मैले क्लबमा कुनै परिवर्तन देखिन । प्रगति शुन्य देखिन्छ ।’ रोनाल्डोले थपेका छन् ।
‘मलाई लाग्छ, प्रशसंकलाई साँचो कुरा थाहा हुन आवश्यक छ । म क्लबको राम्रो चाहन्छु । क्लबभित्र केही यस्ता चिज छन्, जसले हामीलाई सिटी, लिभरपुल र आर्सनल जस्तो शीर्ष स्तरमा पुग्न मदत गर्ने छैन ।’ उनले भने ।