काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले लाजियोलाई ३-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा मोइस किनले दुई गोल गरे । आर्काडिउज मिलिकले एक गोल थपे ।
जितसँगै युभेन्ट्सले १५ खेलमा ३१ अंक जोडेको छ ।
युभेन्ट्स तेस्रो स्थानमा रहेको छ ।
लाजियो ३० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
अर्को खेलमा एसी मिलानले फियोरेन्टिनालाई २-१ ले हराएको छ।
मिलानको जितमा राफायल लियोले एक गोल गरे ।
फियोरेन्टिनाका निकोलो मिलेन्कोभिचले आत्मघाती गोल गर्दा एन्टोनीन बाराकले एक गोल फर्काए ।
जितसँगै मिलान ३३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
फियोरेन्टिना १९ अंक जोडेर दशौं स्थानमा रहेको छ ।