काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ ।
शनिबार राति भएको खेलमा चेल्सीलाई न्युकासल युनाईटेडले १-० गोल अन्तरले हराएको हो ।
न्युकासललाई जित दिलाउन जोए विल्कले निर्णायक गोल गरे ।
उनले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै न्युकासल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
न्युकासलले १५ खेलमा ३० अंक जोडेको छ ।
चेल्सी २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
