काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित भएको छ ।
शनिबार भएको खेलमा सिटीलाई ब्रेन्टफोर्डले २-१ गोल अन्तरले हराएको हो ।
ब्रेन्टफोर्डको जितमा इभान टोनी नायक बने ।
खेलको १६ औं मिनेटमा इभानले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा इन्जुरी समयमा फिल फोडेनले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा इभानले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रेन्टफोर्डलाई २-१ को जित दिलाए ।
जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा १९ अंक जोडेको छ ।
ब्रेन्टफोर्ड १० औं स्थानमा रहेको छ ।
सिटी १४ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।