• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
ब्राइट वे पुग्दा नोस्टाल्जिक बने दीपक
खेलपाटी संवाददाता
सोमबार, कात्तिक २१, २०७९ खेलपाटी संवाददाता
ब्राइट वे पुग्दा नोस्टाल्जिक बने दीपक

धनगढी । तपाईहरु को को तेक्वान्दो खेल्न चाहनुहुन्छ?

कक्षा ८ मुनिका एक हुल विधार्थीका अघि सोमबार कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले प्रश्न गर्दा झण्डै आधा बढी विधार्थीको हात उठ्यो ।

धनगढी हसनपुरस्थित ब्राइट वे पब्लिक स्कुलमा तेक्वान्दो डोजाङका उद्घाटनमा पुगेका थिए विष्ट ।

दक्षिण एसियाली खेलकुद(साग)मा लगातार चार स्वर्णपदक जित्दै कीर्तिमान रचेका यी लिजेन्ड खेलाडी स–सना विधार्थीहरुसँग आफ्नो सुरुवात सम्झेर नोल्टाल्जिक बने ।

‘म पनि कञ्चनपुरमा जन्मेको । तेक्वान्दो खेल्न धनगढी आए,’ दीपकले एकै श्वासमा आफ्नो खेल जीवन सम्झिए, ‘तेक्वान्दो खेल्दाखेल्दै काठमाडौं गए । नेशनल खेले, ओलम्पिक खेले, साग खेले, एसियन गेम्स खेले र आज दीपक विष्ट बनेर तपाईहरुको अगाडि आएको छु ।’

दीपकले सागमा लगातार चार स्वर्ण जितेर सनसनी मच्चाएको होइन । उनले विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा पनि सहभागिता जनाए । २००८ को बेइजिङ ओलम्पिकमा दीपकले नेपालको झण्डा उठाएका थिए । विष्टको सफलता त्यही खुम्चिँदैन । उनले एसियन गेम्समा पनि दुई कास्यपदक जित्दै देशको शीर उचो बनाएका छन् । आमन्त्रित खेल त उनले जितेका स्वर्णपदकको कुनै गन्ती छैन ।

दीपकले विधार्थीलाई सोधिहाले कसका लागि जिते?

विधार्थीले एकै स्वरमा भने, ‘देशका लागि’

‘त्यसपछि सुदूरपश्चिम, आफ्नो ठाउँ, आफ्नो स्कुलका लागि जिते’ दीपक जन्मथलोप्रति कृतज्ञ देखिए ।

No description available.

खेलाडी हुँदै प्रशिक्षक बनिसकेका दीपक एक समय नेपाल तेक्वान्दो संघका केन्द्रीय सचिव समेत थिए । पछि राष्ट्रिय प्रशिक्षकहरु खेल संघमा बस्न नपाउँने नियमपछि उनले खेल प्रशासन छोड्नुपर्यो । तरपनि तेक्वान्दोको विकासका लागि उनी पूर्व देखि पश्चिमसम्म निरन्तर सक्रिय भएर लागेका छन् ।

जन्मथलोमा तेक्वादो खेल विकासमा झनै उनको योगदान विशेष छ । काम विशेषले धनगढी आएका उनी सोमबार दिनभर तेक्वान्दोकै काममा व्यस्त थिए । बिहान सुदूरपश्चिम तेक्वान्दो संघका अध्यक्ष सुवास शाहीलगायत पदाधिकारीहरुसँग भेटघाट गर्दै यहाँको तेक्वान्दो विकासबारे घोत्लिएका विष्ट, दिउँसो तेक्वान्दो डोजाङको उद्घाटनमा पुगेका थिए ।

आधाबढी कलिला नानीबाबुहरुले तेक्वान्दो खेलाडी बन्ने भन्दै उनको प्रश्नमा हात उठाएपछि प्रफुल्लित भएका विष्ट झनै नोल्टाल्जिक बने ।

‘सानो छँदा मलाई खेल्न मन लाग्थ्यो तर खेल्ने ठाउँ थिएन् । गुरु थिएन । हौसला दिने कोही थिएन । हामी भागीभागी चोरीचोरी खेल्छौं । एकघण्टा साइकल चढेर खेल्न आउँथ्यौं,’ विष्टले सम्झिए, ‘ आज स्कुलमा तेक्वान्दोको डोजाङ नै उद्घाटन भएको छ । तपाईहरुको आगनमा अवसर छ । अब मेरो इतिहासलाई ब्राइट वे तेक्वान्दो डोजाङको खेलाडीहरुले तोड्नुपर्छ ।’

दीपकले खेलले अनुशासन, समर्पण सिकाउने भएकाले सबैले खेलमा भाग लिनुपर्ने सुझाव दिए । तेक्वान्दोले आत्मसुरक्षा गर्न, आत्मविश्वास बढाउँन तथा स्वस्थ्य हुन सहयोग पुर्याउँने उनले बताए । 

इन्टरनेसनल स्कुल अवार्ड प्राप्त धनगढीको ब्राइटे स्कुलकाप्रिन्सिपल कुवेरजित साउँदले विधार्थीहरुलाई स्वस्थ बनाउँनका लागि पनि खेलकुद आवश्यक रहेकाले विद्यालयमै डोजो स्थापना गरिएको बताए ।

‘स्वस्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने सरकारको नीति नै छ । पढाईका लागि खेलकुद अनिवार्य हो,’ साउँदले भने, ‘खेलकुदले बालबालिकाहरुको शरिरिक र मानसिक वृद्धिविकासमा सहयोग पुर्याउँछ । स्वस्थ मनस्थितिले मात्रै पढाईमा अब्बल बनिन्छ । पढाईलाई पनि सपोर्ट हुन्छ ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP