शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

वीर गणेशमान सिंह टेनिस : प्रदीप र प्रणवको जोडी सेमिफाइनलमा

शनिबार, १९ कार्तिक २०७९खेलपाटी संवाददाता
वीर गणेशमान सिंह टेनिस : प्रदीप र प्रणवको जोडी सेमिफाइनलमा
mustang rice ad

काठमाडौं । प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फ सेमिफाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार प्रितम परियार र निजिज महर्जनको जोडीबाट वाक्ओभर पाउँदै प्रदीप र प्रणवको जोडीले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

पुरुष डबल्सतर्फनै राजबिर प्रधान र सक्षम शाहको जोडीले आशिष खड्का र सौगात बिकको जोडीलाई ६-० र ६-३ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन् ।

त्यस्तै पुरुष डबल्समा ऋतिक राना र निशान श्रेष्ठको जोडीले रानभ मानन्धर र निहल थापाको जोडीलाई ६-३ र ६-२ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन् ।

केशव गौचन र सौरभ पन्तको जोडीले मनोज महर्जन र सुसल मोक्तानको जोडीलाई ६-२ र ६-२ ले हराएर पुरुष डबल्सतर्फ नै सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले मान बहदुर कटुवाल र भिष्म गुरुङको जोडीलाई ६-० र ६-३ ले हराएर अन्तिम चारको यात्रा तय गरे ।

यसै स्पर्धामा राजु क्षेत्री र ईश्वर जिसीको जोडीले अमृत गुरुङ र श्याम जिसीको जोडीलाई ६-४,५-७ र १०-८ ले, सन्तोष खत्री र सिमान्त गुरुङको जोडीले दावा शेर्पा र जितेन्द्र परियारको जोडीलाई ६-३ र ६-३ ले तथा निरेश श्रेष्ठ र बिजय मान तुलाधरको जोडीले डिगेन्द्र श्रेष्ठ र कृष्ण थापाको जोडीबाट वाक्ओभर पाउँदै अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

४५ वर्षमाथिको पुरुष डबल्समा यज्ञ भण्डारी र आशिष सिग्देलको जोडीले नन्द पुन र कृष्ण कौसुलाको जोडीलाई ६-० र ६-० ले तथा सन्जिब श्रेष्ठ र करिमउलल मुस्लिमको जोडीले निरेश श्रेष्ठ र गोपाल मानन्धरको जोडीलाई ६-० र ७-५ ले हराएर क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

यसै स्पर्धामा रोहित सुनुवार र इब्राहिम मुस्लिमको जोडीले मनोज श्रेष्ठ र शिवराम मगरको जोडीलाई ६-२ र ६-२ ले, शिव सेढाई र हिमाल शाहको जोडीले किरण नेपाल र अमृत रोकाको जोडीलाई ६-१ र ६-१ तथा राजेन्द्र चापागाईको जोडीले ओजेश उपाध्याय र सुनिल नेपालको जोडीलाई ६-४ र ६-४ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।

५५ वर्षमाथि पुरुष एकमा जीवन घिमिरेले ठाकुर खनाललाई ६-४ र ६-२ ले हराएर क्वाटरफाइनलमा स्थान बनाएका छन् ।    

जुनियरको यू-८ बोइजमा आर्यस राज पौडेलले नदीप प्रसाईलाई, आयन आचार्यले टोनिस श्रेष्ठलाई, भिरल अग्रवालले कायन चालिसेलाई,अरित मल्लले केशर महतलाई, सहंश बस्न्यातले जेम्स तेन्जिङलाई, भिदान्त चालिसेले रिधन श्रेष्ठलाई र इभान भट्टराईले सुर्यनाश कार्कीलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

यू-८ गर्ल्समा निम्ति कुँवरले पर्नवी राणालाई तथा नोर्गिमा लामाले थिया श्रेष्ठलाई हराएर सेमिफाइनलको यात्रा तय गरेकी छिन् ।

यू-९ बोइजमा अरित मल्लले नदुप प्रसाईलाई, सुजन कुइकेलले इभान भट्टराईलाई, एलिस गौतमले भिरल अग्रवाललाई, सभ्य जंग कार्कीले भिदान्त चलिलेलाई र कृतन्य शाहले आयन आचार्यलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

यू-९ गर्ल्समा स्वरह थापाले आयना भद्रालाई हराएर सेमिफाइनलमा स्थान बनाएकी छिन् ।

यू-१० बोइजमा सुजन कुइकेलले रिजन राज महर्जनलाई हराएर सेमिफाइनलमा स्थान बनाउदा युभेन मान श्रेष्ठले श्लोक सिंह केसीलाई हराएर सेमिफाइनलमा स्थान बनाएका छन् ।

यू-१० गर्ल्समा शल्भी शेरचनले आयुश्री हजुर घलेलाई हराएर अन्तिम चारको यात्रा तय गरेकी छिन् ।

यू-१२ बोइजमा स्पन्दन उदासले अमर्त्य शर्मालाई हराएर क्वाटरफाइनलमा तथा गर्ल्समा स्वस्तिका विष्टले कर्मिस्था श्रेष्ठलाई हराएर सेमिफाइनलमा स्थान बनाएकी छिन् ।

यू-१४ बोइजमा अद्रित नेपालले साश्वत बज्राचार्यलाई, बृजेश अर्यालले स्पन्दन उदास र एड्रिन थापाले अम्बक आचार्यलाई हराएर क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।

यू-१४ गर्ल्समा अदिति पराजुली, नाला मास्के, समृद्धि महर्जन र स्वस्तिका विष्टले क्वाटरफाइनलमा स्थान बनाएकी छिन् ।  

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा सुरु प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ ।  प्रतियोगिताको उद्घाटन  प्रमुख अतिथि नेपाल लनटेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणाले गरे ।

यस्तै विशेष अतिथि तथा नेपाली कांग्रेसका नेतृ सिर्जना सिंहले प्राविधिक संयोजक सुर्य भुषण बज्राचार्यलाई खेल सामग्री हस्तान्तर गरेकी थिइन् ।

उद्घाटन कार्यक्रममा गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य तथा प्रतियोगिता संयोजक भाष्करमान सिंह, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिका संयोजक सन्जिब तुलाधर, काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, राखेपका बोर्ड सदस्य शैलेश कर्माचार्य, राजिब श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।

प्रतियोगिता महिला/पुरुष एकल विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार पाउने जनाएको छ ।

महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।

पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार पाउने छन् ।

पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार,१५ हजार र ५ हजार पाउने छन् ।

पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने छन् ।

४५ वर्षमाथि डबल्सकाले २० हजार,१० हजार र ५ हजार पाउने छन् ।

५५ वर्षमाथिका एकलले २० हजार,१० हजार र ५ हजार पाउने छन् ।

५५ वर्षमाथि डबल्सले १५ हजार, ८ हजार र ८ हजार पाउने छन् ।

६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, ७ हजार ५ सय र ५ हजार पाउने छन् ।

LiNing Ad
वीर गणेशमान सिंह टेनिस : प्रदीप र प्रणवको जोडी सेमिफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

अस्ट्रेलियामा शिभालीको सानदार सुरुआत

अस्ट्रेलियामा शिभालीको सानदार सुरुआत

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस