ओलम्पियन संगिना दुवईमा सम्मानित
२०२२ अक्टोबर ३१, सोमबारखेलपाटी संवाददाता

काठमाडौं । ओलम्पियन तेक्वान्दो खेलाडी संगीना बैद्यलाई दुवईमा सम्मान गरिएको छ ।
दुवईस्थित नुवाकोट सेवा समाज युएईले ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन सफल पहिलो खेलाडी तथा दक्षिण एशियाली खेलकुदमा लगातार दुई पटक स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी संगिनालाई नुवाकोटको गरिमा बढाउन सफल भएकोमा सम्मान गरिएको जनाएको छ ।
नुवाकोटे चेली संगिनालाई आईतबार कोशेली होटल बर, दुवईमा समाजले सम्मान गरेको बैद्यले जनाएकी छिन् ।
ओलम्पियन संगिना दुवईमा सम्मानित